ad ad

समाज


रुखमा अड्किएका दुई प्याराग्लाइडरको सशस्त्र प्रहरीद्वारा उद्धार

रुखमा अड्किएका दुई प्याराग्लाइडरको सशस्त्र प्रहरीद्वारा उद्धार

नेपालखबर
फागुन २१, २०८० सोमबार १८:५, काठमाडौँ

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ स्थित रमिते डाँडाबाट प्याराग्लाइडिङ गर्नेक्रममा सालको रुखमा अड्किएका दुई जना प्याराग्लाइडरको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

कास्की जिल्लाको पोखरा महानगरपालिका १८ सारङकोट बस्ने २९ वर्षीय रविन्द्र ढकाल (पाइलट) र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ विशालनगर बस्ने २६ वर्षीय सिद्धान्त बस्नेत सोमबार (फागुन २१ गते) मध्यान्ह प्याराग्लाइडिङ गर्नेक्रमा हावाको प्रभावले प्याराग्लाइडर अनियन्त्रित भई सो ठाउँस्थित नवोदय सामुदायिक वन चप्पनको जंगलमा करीब सय फिट अग्लो रुखमा अड्किएका थिए।

घटनाबारे जानकारी पाएपछि उद्धारको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ५ त्रियुगा गण उदयपुरबाट सुरक्षा फौज परिचालित भई उनीहरुको सकुशल उद्धार गरेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

स्थानीय बासिन्दा तथा अन्य सुरक्षा निकायको सहयोगमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम प्राप्त फौजले रोप रेस्क्यु विधि अपनाई उनीहरुको उद्धार गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .