समाज


संखुवासभामा प्रहरी र विप्लव कार्यकर्ताबीच फायरिङ

संखुवासभामा प्रहरी र विप्लव कार्यकर्ताबीच फायरिङ

नेपालखबर
असार १६, २०७६ सोमबार ६:१,

संखुवासभामा प्रहरी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच फायरिङ भएको छ।

सोमबार बिहान संखुवासभाको सिलिचोङ गाउँपालिकामा प्रहरी र विप्लवका कार्यकर्ताबीच सांकेतिक फायरिङ भएको हो।

सिलिचोङको १ नम्बर वडामा प्रहरी र विप्लव कार्यकर्ताबीच मुठभेड भएको गाउँपालिका अध्यक्ष रामबहादुर राइले बताए।

उनका अनुसार १ नम्बर वडाको होइङगला भन्ने स्थानमा मुठभेड भएको हो।अध्यक्ष राईले आफूले गोलीको आवाज नसुनेको तर मुठभेड भएको जानकारी आएको नेपालखबरलाई बताए।

‘मैले आफै त गोलीको आवाज सुनेको छैन’, उनले भने, ‘गाउँपालिकामा आएको खबरअनुसार अहिले दुई पक्षबीच मुठभेड भइरहेको भन्ने छ।’

प्रदेश १ प्रहरी प्रमुख डीआईजी ठाकुर ज्ञवालीले दुई समूहको जम्काभेट भएको बताए।

नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘प्रहरी र नेकपाका कार्यकताबीच जम्काभेट भएको छ। अहिलेसम्म भिडन्त भने भएको छैन।

उनले दुबै तर्फबाट सांकेतिक फायरिङ मात्रै भएको दावी गरे। 'घटनास्थलतर्फ थप प्रहरी पठाइसकिएको छ', डीआईजी ज्ञवालीले भने।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका गतिविधिमा सरकारले प्रतिबन्ध लगाएको छ। प्रतिबन्धसँगै पार्टीले हिंसात्मक गतिविधि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad