समाज


जुम्लामा २२ वटा बोर्डिङमा शिक्षकले नै लगाए अनिश्चितकालीन ताला

जुम्लामा २२ वटा बोर्डिङमा शिक्षकले नै लगाए अनिश्चितकालीन ताला

नेपालखबर
असार १६, २०७६ सोमबार ४:५९,

जुम्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ वटा निजी विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ।

एक दशकसम्म तलब नपाएको भन्दै निजी शिक्षकले विद्यालयमा तालाबन्दी गरेका हुन्।

गाउँपालिकाका २२ वटै प्राथमिक,माध्यामिक र उच्चमाध्यमिक विद्यालयमा कार्यरत ६३ शिक्षकले विद्यालयमा एकमुस्ट रूपमा तालाबन्दी गरेको निजी शिक्षक संघर्ष समितिका कोषाध्यक्ष तथा शान्ति आधारभूत विद्यालय (तल्लोगोठी)का निजी शिक्षक हरिबहादुर रोकायाले बताए।

ती विद्यालयका शिक्षकले व्यवस्थापन समितिलाई तलब उपलब्ध गराउन असार ११ गते ४ दिनको अल्टिमेटम दिँदा पनि अटेर गरेपछि आइतबार अनिश्चितकालीन तालाबन्दी गर्न बाध्य भएको शान्तिजन आधारभूत विद्यालय (काडागाउँ)का शिक्षक घनश्याम बुढाले बताए।

विद्यालय बन्द हुँदा पठनपाठनबाट विद्यार्थी वञ्चित भएका छन्। यता सिञ्जा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले निजी शिक्षकको तलबसम्बन्धी विवाद गाउँपालिकासँग सरोकार नभएको बताएका छन्।

विद्यालय बन्द हुँदा विद्याथीको पठनपाठन प्रभावित हुने भएकाले विद्यालय बन्द नगर्न उनले आग्रह गरे। सम्बन्धित विद्यालयका व्यवस्थापन समितिसँग छलफल गरी समस्या हल गर्नुपर्ने रावलको भनाइ छ।

यता आन्दोलनमा उत्रेका निजी शिक्षकले भने तलब उपलब्ध नभएसम्म विद्यालयको ताला नखोलिने अडान राखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad