समाज


कुकर बम पड्काइएको टेलिकम टावरमा भेटियो ‘जनमुक्ति सेना’को पर्चा

कुकर बम पड्काइएको टेलिकम टावरमा भेटियो ‘जनमुक्ति सेना’को पर्चा

नेपालखबर
चैत २, २०८० शुक्रबार १३:३०, काठमाडौँ

सिन्धुलीको सुनकोसी गाउँपालिका–१ दुम्जा डाँडास्थित नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विष्फोटबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

शुक्रबार बिहान ३ बजेतिर दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विष्फोट भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। 

अनुसन्धानका क्रममा प्रहरीले घटनास्थलबाट कुकरको बिर्को झ्यालमा अड्किएको र अन्य भाग भुइँमा झरेको भेट्टाएको छ। त्यस्तै नजिकै दुईवटा पेट्रोलको खाली बोतल पनि बरामद भएको छ।

प्रहरीले घटनास्थलबाट ‘जनमुक्ति सेना’ नाम लेखेर छाडिएको पर्चा र पम्प्लेटसमेत बरामद गरेको छ। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार बमले उक्त टावरमा क्षति नभएको जनँएको छ। तर उक्त भवनको झ्यालमा क्षति पुगेको जानकारी प्रहरीले दिएको छ।

विष्फोटबाट टावर परिसरमा रहेको भवनको झ्यालमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बम विष्फोटको सूचना पाउनासाथ प्रहरी चौकी कुशेश्वर दुम्जाबाट टोली खटिएको थियो ।

विष्फोटमा संलग्नहरुको खोजी तथा घटनाको अनुसन्धान तीव्र बनाइएको प्रहरीले जानकारी दिएको छ। त्यसका लागि प्रहरी चौकी दुम्जा र इलाका प्रहरी कार्यालाय खुर्कोटको टोली खटिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .