ad ad

समाज


‘धर्मगुरु’ आचार्य श्री शीतल कृष्णविरुद्ध श्रीमतीको आरोप- धेरैजना स्त्रीसँग सम्बन्ध देखेँ (भिडिओ)

‘धर्मगुरु’ आचार्य श्री शीतल कृष्णविरुद्ध श्रीमतीको आरोप- धेरैजना स्त्रीसँग सम्बन्ध देखेँ (भिडिओ)

कथावाचक ‘आचार्य श्री शीतल कृष्णजी महाराज’ (दायाँ) र उनकी पत्नी सुकृति पौडेल


नेपालखबर
चैत ५, २०८० सोमबार २०:५६, काठमाडौँ

‘हिन्दु धर्मगुरु’ भनेर चिनिएका भागवत कथावाचक ‘आचार्य श्री शीतल कृष्णजी महाराज’की पत्नी सुकृति पौडेल भुसाल अहिले आम सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा छाएकी छन्। 

पतिले मानसिक तथा शारिरीक हिंसा गरेको र सम्बन्ध विच्छेदका लागि दबाब दिएको भन्दै सुकृतिले बिलौना गरेका भिडिओ क्लिप्स यतिबेला सामाजिक सञ्जालमा भाइरल छन्। 

आइतबार काठमाडौँमा रिपोर्टस क्लबमा पत्रकारै सम्मेलन गरी उनले श्रीमान् शीतलकृष्ण महाराज भुसालले आफ्नो जीवन बर्बाद बनाएको आरोप लगाइन्। 

पति शीतलकृष्णले धेरैजना परस्त्रीसँग सम्बन्ध गरेको आरोप लगाउँदै सुकृतिले आफूले त्यस्तो बानी सुधार गर्न आग्रह गर्दै उल्टै कुटपिट गरेको र जबर्जस्ती सम्बन्ध विच्छेद गर्न खोजेको आरोप लगाएकी छन्।  

२०८० साउन २३ गते राति आफ्नो माइतीघर भरतपुर–५ शमीचोकमा जन्मोत्सव मनाएयता पति महाराज सम्पर्कविहीन भएको सुकृतिको दाबी छ। 

‘बिहान घर (दलदले नवलपुर) मा बुवालाई भेटेर तिमीलाई लिन आउँछु भनेर जानुभयो। आउनुहोला भनेर प्रतीक्षा गर्दै थिएँ’, उनले भनेकी छन्, ‘अकस्मात् मलाई छोडपत्र दिने विचारले जिल्ला अदालत नवलपुरमा डिभोर्स फाईल पेस गरेको जानकारी आयो।’ 

आफू भारतका लुकेर बसेर भाइ सौगात भुसााललाई वारेसनामा दिई सम्बन्ध विच्छेदको मुद्दा अदालतमा पेस गरेको उनको भनाइ छ।

यसबाहेक सुकृतिका अन्य भिडिओ अन्तर्वार्ताका क्लिप्स पनि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।  

जसमा उनी भनिरहेकी छन्, ‘एउटासँग सम्बन्ध होइन, एउटासँग भएको भए सायद म छुटाउन सक्थेँ होला। अथवा डाइरेक्ट महिलासँगै गएर कुरा गर्न सक्थेँ होला। यहाँ एउटा मात्र नभएर धेरै जनासँग सम्बन्ध देखियो। 

उनलाई प्रश्न सोधिन्छ, ‘तपाईंले आफ्नो श्रीमान् जो महाराजजी हुनुहुन्छ, उहाँलाई अरू महिलासँग आपत्तिजनक अवस्थामा भेट्नुभएको छ?’

सुकृति : उहाँलाई मैले सोधेँ– के हो त आखिर? के चलिराछ भन्दाखेरि...यस्तो गर्न हुँदैन है म विवाह भइसकेपछि पनि अरूसँग सम्बन्ध, उहाँको रुपममा अनैतिक चिजहरू भेटिने! एउटा धर्मगुरुको नाममा प्रसिद्ध मान्छेको! एउटा हिन्दु धर्मगुरु भएको कारणले गर्दाखेरि यो कुराचाहिँ बाहिर समाजमा आउन जरुरी छ नि त। मान्छेलाई अन्धविश्वास परिराछ। अहो! यस्तो मान्छेले पनि यस्तो गर्नसक्छ र! त्यो त म श्रीमती हो, मैलेभन्दा नजिक मेरो श्रीमान्‌लाई कसले चिन्छ र? मैले उहाँको अनैतिक कुराहरू देख्ने, अनि अरूसँगको सम्बन्धहरू मैले देखेँ। त्यहाँदेखि एउटा नारीलाई त्योभन्दा बढी पीडा के नै हुन्छ र!’

सुन्नुहोस् यो भिडिओ क्लिप्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .