ad ad

समाज


सुन तस्करीमा आफ्नो संलग्नता नरहेको महराको बयान

सुन तस्करीमा आफ्नो संलग्नता नरहेको महराको बयान

नेपालखबर
चैत ८, २०८० बिहिबार १६:२६, काठमाडौँ

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराले आफ्नो संलग्ना अस्वीकार गरेका छन्।

बिहीबार सरकारी वकिल कार्यालयमा भएको बयानमा उनले संलग्नता अस्वीकार गरेका हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेका महरालाई हिजो पनि बयान लिइएको थियो।

सरकारी वकिलको कार्यालयका एक अधिकृतले एक चरणको बयानको काम सकिएको र अब थप आवश्यक प्रक्रिया सीआईबीले अघि बढाउने बताए।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरा यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ परेका थिए।
महरालाई काठमाडौँ जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएको छ।

अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि उनलाई नर्भिक अस्पतालमा राखिएको छ।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग उनको नाम जोडिएको छ।

त्यसबेला सिआइबीले उनलाई बयान कागज गरेर मात्रै छाडेको थियो। यो प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन्। राहुल हाल पुर्पक्षमा थुनामा छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .