धरान उपमहानरपालिका-१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा र डिपोट स्कुलबीचमा हत्या गरेर फ्याँकिएकी युवतीको दाहसंस्कार गरिएको छ।
घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएकी २१ वर्षीया सुमना श्रेष्ठको इसाइ परम्पराअनुसार दाहसंस्कार गरिएको हो।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि इसाइ धार्मिक विधिअनुसार बिहीबार सुमनाको दाहसंस्कार गरिएको हो।
बाख्रा चराउन गएका स्थानीयबासीले बुधबार दिउँसो २ बजेतिर सुमनाको शव भुइँमा लडेको देखेपछि प्रहरी बोलाएका थिए।
उनको घाँटीमा गहिरो चोट थियो। घटनास्थलको केही परबाट प्रहरीले खुकुरी पनि बरामद गरेको थियो।
खोल्सामा घोप्टो अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
696
Shares
प्रतिक्रिया