ad ad

समाज


हुम्ला जिप दुर्घटना : घाइते ७ जनालाई उपचारका लागि बाजुरा लगियो

हुम्ला जिप दुर्घटना : घाइते ७ जनालाई उपचारका लागि बाजुरा लगियो

नेपालखबर
चैत १०, २०८० शनिबार २०:१७, सुर्खेत

हुम्लामा भएको जिप दुर्घटनामा घाइतेलाई उपचारका लागि बाजुरा जिल्लाको कोल्टि लगिएको छ।

हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा ९ जना सवार जिप शनिबार दुर्घटनामा हुँदा दुई जनाको घटनास्थमै मृत्यु र सात जना घाइते भएका थिए। 

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुर्घटनाबाट घाइते सात जनालाई उद्धार गरेर उपचारका लागि एउटा एम्बुलेन्स र दुई वटा बोलेरो जिपमा बाजुराको कोल्टितर्फ लगिएको छ।

हुम्लाका प्रहरी नायब उपरिक्षक (डीएसपी) रविन्द्र खनालले घाइतेहरुको उपचारको लागि हुम्लाबाट बाजुरातर्फ पठाइएको जानकारी दिए।

उनले भने, ‘हामीले यहाँबाट घाइतेहरुको उपचारका लागि पठाएका छौँ। यहाँबाट बाजुरा पुग्न तीन घण्टाको समय लाग्छ। एम्बुलेन्सले अलि छिटो पुर्‍याउँछ कि।’

यस्तै, मृत्यु भएका हुम्लाकै अदानचुली गाउँपालिका–५ का अन्दाजी ३५ वर्षीय फागुने लोहार र सोही वडाका १३ वर्षीय प्रवेश ऐडीको शव भने हुम्लामै राखिएको छ। 

अदानचुली गाउँपालिका श्रीनगरबाट वडा नं ५ को बारीगाउँ जादै गरेको सूदुरपश्चिम प्रदेश००१ ज ११८३ नम्बरको यात्रुवहाक बोलेरो जिप शनिबार दिउँसो सोही पालिकाको वडा नम्बर ४ मा रहेको पाम्सको मोडमा दुर्घटनामा परेको थियो। 

यस्तै, घाइते हुनेहरुमा दार्चुला घर भएका गाडी चालक जनक ठगुन्ना र गाडी मालिक धनबहादुर महतारा, अदानचुली गाउँपालिका–५ बारिगाउँका ४५ वर्षीया रामबहादुर ऐडी, अदानचुली–५ कै ५७ वर्षीय कुल टमटा घाइते भएका छन्। 

अदानचुली वडा नम्बर ५ का बल बोहोरा र उनकी श्रीमती चैती बोहोरा, खगेन्द्र टमटा समेत घाइते भएका छन्। 

यस्तै, दुर्घटनास्थलमा मोड र जिपमा यात्रु धेरै भएका कारण गाडी दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ। 

जिप सडकबाट तीस मिटर तल खसेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .