ad ad

समाज


पोखरामा ल्यान्ड हुन नसक्दा बुद्ध र यतीका दुई जहाज काठमाडौँ फर्किए

पोखरामा ल्यान्ड हुन नसक्दा बुद्ध र यतीका दुई जहाज काठमाडौँ फर्किए

नेपालखबर
चैत ११, २०८० आइतबार १०:५३, काठमाडौँ

बुद्ध र यति एयरका दुई जहाज पोखरामा ल्यान्ड हुन नसक्दा काठमाडौँ फर्किएका छन्।

आइतबार बिहान काठमाडौँबाट पोखराको लागि उडेको बुद्ध एयरको एटीआर ७२ जहाज पोखरामा ल्यान्ड हुन नसकेपछि काठमाडौँ नै फर्किएको हो। त्यसैगरी यतिको पनि एउटा जहाड काठमाडौँ फर्किएको छ।

‘पोखरा विमानस्थल क्षेत्रमा चरा र किरा फ्ट्याङ्ग्राहरुको गतिविधि बढी देखिएपछि त्यहाँ ल्यान्ड नगरी जहाज काठमाडौँ नै फर्काइएको छ,’ बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले नेपालखबरसँग भने। 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी निमित्त प्रमुख जसोदा सुवेदीले काठमाडौँबाट पोखरा आएका दुई विमान ल्यान्ड हुन नसकेर फर्किएको जानकारी दिइन्। उनले भनिन्, ‘बिहान ८ बजेपछि अहिलेसम्म विमानस्थलको धावनमार्ग (रनवे)मा चरा र किरा फटेङ्ग्राहरु देखिएपछि  बिहानदेखि कुनै पनि विमान बस्न सकेका छैनन्।’

सुवेदीका अनुसार विमानस्थलको धावनमार्ग रातो खालको किरा/धमिराहरू बढेका छन्। हिजो अस्तीबाट पानी परेका कारण किराहरु बढेका उनले बताइन्। 

हाल विमानस्थलबाट किराहरु हटाउने काम भइरहेको उनको भनाई छ। एउटा बुद्ध र एउटा यतीको विमान काठमाडौँ फर्किएका र अर्को बुद्धको विमान आकाशमै होल्ड गरिएको प्रमुख जसोदा सुवेदीले जानकारी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .