ad ad

समाज


विराटनगरबाट उडेको जहाज काठमाडौंमा बस्न सकेन : सुरुमा जनकपुर पुग्यो, त्यसपछि सिमरा डाइभर्ट

विराटनगरबाट उडेको जहाज काठमाडौंमा बस्न सकेन : सुरुमा जनकपुर पुग्यो, त्यसपछि सिमरा डाइभर्ट

कोशीका मुख्यमन्त्री केदार कार्की अन्य यात्रुसहित।


नेपालखबर
चैत १५, २०८० बिहिबार १३:४४, काठमाडौँ

विराटनगरका काठमाडौंका लागि उडेको यती एयरलाइन्सको जहाज डाइभर्ट भएर बाराको सिमरा विमानस्थलमा अवतरण भएको छ।

विराटनगरबाट बिहीबार बिहान ७ः ४५ बजे उडेको नाइन एन एएमएन कलसाइनको जहाज काठमाडौंमा अवतरण हुन नसक्दा जनकपुर विमानस्थल लगिएको थियो।

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसमेत सवार उक्त जहाज त्रिभुवन विमानस्थलको मौसममा खराबी हुँदा जनकपुर डाइभर्ट भएको थियो। 

जनकपुरमा करिब डेढ घण्टा रोकिएपछि जहाज फेरि सवा १० बजे काठमाडौंतर्फ उडेको थियो। तर उक्त जहाज फेरि जनकपुरबाट काठमाडौं अवतरण नगरी सिमरा विमानस्थलमा अवतरण गरेको हो। 

जहाजमा सवार नेपाल प्रेस युनियनका कोसी प्रदेश अध्यक्ष मीनकुमार नवोदितका अनुसार पहिलो पटक काठमाडौं नजिक पुगेपछि मौसममा खराबी आएको भन्दै उक्त जहाजले ९ फन्को मारेको थिए। 

तर त्रिभुवन विमानस्थल नखुलेपछि जहाज जनकपुर पुगेको थियो। जनकपुरबाट फेरि काठमाडौंमा पुगेको जहाज दोस्रो पटक पनि अवतरण नभएर सिमरा विमानस्थलमा अवतरण भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .