ad ad

समाज


नतिजामुखी उपलब्धि हासिल गर्न प्रधानसेनापतिको निर्देशन

नतिजामुखी उपलब्धि हासिल गर्न प्रधानसेनापतिको निर्देशन

नेपालखबर
चैत १६, २०८० शुक्रबार १७:८, काठमाडौँ

नेपाली सेनाको केन्द्रीय तहको प्रमुख सुबेदार/जेष्ठ सुबेदार समन्वयात्मक बैठक समापन भएको छ।

जंगी अड्डामा सञ्चालित दुई दिने बैठकको शुक्रबार प्रधान सेनापति प्रभुराम शर्माले समापन गरे।

कार्यक्रममा सहभागीहरूलाई सम्बोधन गर्दै प्रधान सेनापति शर्माले प्रमुख सुबेदार र जेष्ठ सुबेदारहरू युनिट तथा सब–युनिटहरूका सबैभन्दा पुराना र अनुभवी व्यक्ति भएकाले युनिट तथा  सब–युनिटहरुको संस्कृति र परम्परा कायम राख्न थप जिम्मेवार र संवेदनशील हुनुपर्ने बताए।

प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदारहरूले प्रदर्शन गर्ने व्यावसायिक क्षमताले नै समग्रमा संस्था सक्षम र सबल हुने हुँदा आगामी दिनमा थप उत्साहजनक प्रयास गरी पल्टनको युद्धकार्य तयारीपन, अनुशासन, बन्दोबस्ती तथा कल्याणकारी लगायतका क्षेत्रहरूमा नतिजामुखी उपलब्धि हासिल गर्न निर्देशन दिए।

सम्बोधनकै क्रममा उनले नेपाली सेनामा विद्यमान नीतिगत व्यवस्था तथा संस्थागत प्रयासहरूको कार्यान्वयनका दौरान देखिएका व्यवहारिक पक्षहरूको सम्बन्धमा समन्वयात्मक बैठकबाट प्राप्त राय सुझावलाई अध्ययन गरी सम्बोधन गर्न सम्बन्धित विभागहरूलाई निर्देशन समेत दिए।

नेपाली सेनामा सैन्य पदमा भर्ना भई पदोन्‍नती हुँदै पुग्ने राजपत्र अनङ्कित वरिष्ठतम पद प्रमुख सुबेदार/जेष्ठ सुबेदार हो। पल्टनको संस्कृति, परम्परा र रीतिरिवाज बारे जानकार तथा जिम्मेवार प्रमुख सुबेदाररजेष्ठ सुबेदारलाई नेपाली सेनामा अति महत्त्वपूर्ण नियुक्तिका रूपमा लिइन्छ।

हिजो बलाधिकृत रथी अशोकराज सिग्देलले उद्‍घाटन गरेको समन्वयात्मक बैठकको समापन कार्यक्रममा रथीवृन्द, अधिकृत तथा बैठकका सहभागी ९० जना प्रमुख सुबेदार र जेष्ठ सुबेदारहरूको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .