अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचलका लेखापाल प्रमोद निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ।
केही दिनअघि १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका उनीविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरिएको हो।
निरौलाले धरौटी रकम फिर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर भएबमोजिम जरिवाना हुन मागदाबीसहित आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
36
Shares

प्रतिक्रिया