ad ad

समाज


कन्याको भाग्यशाली अङ्‌क ४, मकरको ७, अन्यको जान्न हेर्नुस् वैशाख ३ को राशिफल

कन्याको भाग्यशाली अङ्‌क  ४, मकरको ७, अन्यको जान्न हेर्नुस् वैशाख ३ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
बैशाख ३, २०८१ सोमबार ४:४१, काठमाडौँ

आज सोमबार, ३ वैशाख २०८१ (१५ अप्रिल २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : अतिथिको रूपमा सत्कार पाइएला। स्वादिष्ट भोजन पाइनेछ। ससाना यात्राबाट राम्रो फल मिल्नेछ। प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ। विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ। विद्वान्‌हरूको साथमा घुलमिल हुने मौका मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिनाले पितृ देवता खुसी हुनेछन्। झुट नबोल्नु होला।

वृष : आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। प्रतिस्पर्धामा जित हुनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। मनोरञ्जनमा सहभागी भइएला।

भाग्यशाली रङ कालो र अङ्क ७ हो भने प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाँदा साइत पर्नेछ। छलकपटतिर चाहिँ नलाग्नु होला।

मिथुन : काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रसिद्धि र सम्मानमा वृद्धि हुनेछ। अचल सम्पत्ति हात पर्ने योग छ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६४, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिँदा मनमा शान्ति छाउनेछ। खैरो रङको प्रयोग नगरेकै बेस।

कर्कट : अभिभावकको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ। कार्यमा अवरोध आउला। पारिवार र नातागोताभित्रका सदस्यसँग राम्रो व्यवहार पुर्‍याउन नसक्नाले महत्वपूर्ण अवसर गुम्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४६, सेयर बजारमा ३४, वैदेशिक कार्यमा ४४ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुण खानु राम्रो हुनेछ। तामसिक भोजन नगर्नु होला।

सिंह : शुभकार्यको चर्चा चल्नेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। नोकरी र व्यावसायिक जीवनमा सुधार आउनेछ। पठनपाठनमा प्रगति हुनेछ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ।

भाग्यशाली रङ पर्पल र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। निलो रङको प्रयोग अनुकूल छैन।

कन्या : कुनै कुराले मनमा शान्ति छाउनेछ। धार्मिक यात्राले अनुहारमा चमकता आउनेछ। पुनर्मिलनको योग छ। विद्या र बुद्धिको विकास हुनेछ। प्रेम जीवन सफल हुनुका साथै दाम्पत्य जीवन सुखमय रहनेछ। घरमा अतिथिको आगमन होला।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गरेमा सरस्वती प्रसन्न हुनेछिन्। सजिलै अरूको विश्वास भने नगर्नु होला।

तुला : शुभकार्यको चर्चा  चल्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। विश्वास गरेकाले साथ दिनेछन्।

भाग्यशाली रङ रातो हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६१, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

वृश्चिक : सुखदुःख बराबरी खालको समय छ। सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। सद्‌विचारले अभिप्रेरित हुनेहरूलाई साँझमा लाभ मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ३७, व्यापारमा ४५, सेयर बजारमा ३१, वैदेशिक कार्यमा ४७ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३० र सम्पूर्ण भाग्याङ्क ३५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज असहायको सेवा गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु : विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ। दाजुभाइ तथा दिदीबहिनीबाट सहायता मिल्नेछ। धर्मकर्ममा रुचि बढ्नेछ। नयाँ व्यक्तिसित समीपता बढ्नेछ। बाहिरी खानपान र मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ।

भाग्यशाली रङ पहेँलो हो भने अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६४, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गरेर कामको सुरुआत गर्नु राम्रो हुनेछ। अरूलाई दु:ख दिने काम नगर्नु होला। यसो गरेमा आफैँलाई हानि गर्नेछ।

मकर : धार्मिक यात्राको योग छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण  हुन सकिनेछ। आफूले गरेको सङ्घर्षबाट आफन्तले लाभ लिन सक्छन्। रोकिएको काम पुन: प्रयास गर्दा सफलता मिल्नेछ। प्रणयप्र सङ्गका लागि पनि समय श्रेष्ठ छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा २९, व्यापारमा ४७, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७९ र शिक्षामा २१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ४४ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिहान उठ्नेबित्तिकै पितृ देवताको आशीर्वाद लिनु राम्रो हुनेछ। सजिलै अरूको विश्वास नगर्नु होला।

कुम्भ : धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुन सक्छ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। आकस्मिक यात्राको अवसर आउन सक्छ। यात्राबाट लाभ पनि मिल्नेछ। आकस्मिक धनलाभ हुनेछ।

भाग्यशाली रङ रातो हो भने अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ६४, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिँदा पुण्य मिल्नेछ। उत्तर दिशाको यात्रा फलदायी छैन।

मीन : बुद्धिले काम नगर्न सक्छ। चित्त दुख्ने समाचार सुन्नु पर्नेछ तर साँझमा भने शुभ समाचार सुन्नमा आउला। यात्रा फलदायी नहोला। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ५७, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ४४ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ७४ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शङ्करजीको दर्शन गर्नु राम्रो हुनेछ। कालो रङको प्रयोग अनुकूल छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .