प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएका १९ जनाको जिम्मेवारी तोकिएको छ।
प्रहरी प्रधान कार्यालयले दर्ज्यानी चिह्न प्रदान गरेको भोलिपल्ट उनीहरूको पदस्थापन गरिएको हो।
गृहसचिवको निर्णयानुसार चैत ३० गते उनीहरूलाई डीएसपीमा बढुवा गरिएको थियो।
वैशाख ३ गते प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पदस्थापन तथा काजमा खटाउने निर्णय गरेका हुन्।
पहिलो नम्बरमा बढुवा भएका डीएसपी निर्मल पनेरुलाई जिल्ला प्रहरी परिसर काठमाडौँको अपराध नियन्त्रण तथा अनुसन्धान शाखाको जिम्मेवारी दिइएको छ।
त्यहाँ कार्यरत अंगुर जिसी एसपीमा बढुवा भएर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पदस्थापन भइसकेका छन्।
राजन लामालाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा इन्टेलिजेन्स शाखाको जिम्मेवारी दिइएको छ।
अरु को कहाँ? हेर्नुहोस् तलको सूची-
Shares
प्रतिक्रिया