ad ad

समाज


विराटनगरमा दुई समुदायबीच झडप, दर्जनौं घाइते

विराटनगरमा दुई समुदायबीच झडप, दर्जनौं घाइते

नेपालखबर
बैशाख ५, २०८१ बुधबार १७:२२, काठमाडौँ

मोरङको विराटनगरस्थित रानीमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ।

झडपमा परी ९ प्रहरीसहित दुवैपक्षका घाइते भएको र यकीन विवरण संकलन गरिरहेको मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए।

रामनवमीको अवसरमा हिन्दु समुदायले र्‍याली निकालेका थिए। उक्त र्‍याली रानीमा मुस्लिम समुदायको बस्तीतर्फ अगाडि बढेपछि उनीहरुले प्रतिकार गरेका थिए।

यसअघिका वर्षमा यसरी आफ्नो समुदायमा हिन्दुले र्‍याली नल्याएको यसवर्ष किन ल्याउनु पर्यो भन्दै मुस्लिम समुदायले र्‍याली रोक्न खोजेपछि झडप भएको हो। तीन ठाउँमा झडप हुँदा ९ जना प्रहरी र दुवै समुदायका व्यक्तिहरु घाइते भएका छन्।

झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .