ad ad

समाज


यूएईमा बाढीमा परी भरतपुरका मोहन पुनको मृत्यु

यूएईमा बाढीमा परी भरतपुरका मोहन पुनको मृत्यु

यूएईमा आएको बाढी


नेपालखबर
बैशाख ६, २०८१ बिहिबार १९:४३, काठमाडौँ

संयुक्त अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक नेपालीको मृत्यु भएको छ।

आबुधाबीस्थित नेपाली दूतावासका अनुसार बाढीमा परी भरतपुरका मोहन पुनको मृत्यु भएको हो। 

यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुलनजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ।

दूतावासका अनुसार उनी सोही स्थानमा रहेको वेल क्याफे रेस्टुरेन्टमा काम गर्थे। 

यूएईमा दुई दिनदेखि जारी भारी वर्षाका कारण बाढी आइरहेको छ। बाढीका कारण यूएईका सरकारी कार्यालय बन्द रहेको जानकारी पनि दूतावासले दिएको छ। 

सरकारी कार्यालय बन्द भएका कारण मृतक नेपालीका विषयमा थप जानकारी लिन नसकिएको दूतावासले जनाएको छ।

पुन भिजिट भिसामा यूएई पुगेको दूतावासले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .