समाज


धनुलाई आकस्मिक धनलाभ, कुम्भ परीक्षामा पास, तपाईँको के? हेर्नुस् वैशाख १२ को राशिफल

धनुलाई आकस्मिक धनलाभ, कुम्भ परीक्षामा पास, तपाईँको के? हेर्नुस् वैशाख १२ को राशिफल

पण्डित नारायणप्रसाद दुलाल
बैशाख १२, २०८१ बुधबार ४:३६, काठमाडौँ

आज बुधबार, १२ वैशाख २०८१ (२४ अप्रिल २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : भाग्यले विभिन्न अवसर जुराउनेछ। प्राविधिक क्षेत्रका कार्यमा सफलता पाइनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिनाले पितृ खुसी हुनेछन्। झुट नबोल्नु होला।

वृष : रमाइलो यात्राको योग छ। रोकिएको धनमाल हात पर्न सक्छ। मनमा हर्ष, उमङ्ग र उत्साह रहला। काममा सफलता मिल्नेछ भने मनमा भएको बोझ हट्नेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ।

भाग्यशाली रङ कालो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। छलकपट नगर्ने।

मिथुन : जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ला। बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ। मुद्दा मामिलामा सफलता मिल्नेछ।

भाग्यशाली रङ निलो हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६४, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिनाले मन प्रसन्न हुनेछ। खैरो रङको प्रयोग अनुकूल छैन।

कर्कट : लाभ-हानि, आय-व्यय, सुख-दुःख बराबरी खालको समय छ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला। घरायसी व्यवहारबाट टाढै बस्नु होला।

भाग्यशाली रङ हरियो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३७, व्यापारमा ४६, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ७३ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुण खाने। तामसिक भोजन नगर्ने।

सिंह : सेयर बजार र वित्तीय संस्थामा गरेको लगानीबाट राम्रै फाइदा मिल्ला। राजनीतिक र वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा अग्रसर भइएला। प्रेम प्रसङ्गका लागि समय श्रेष्ठ छ।

भाग्यशाली रङ पर्पल र अङ्क २ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। निलो रङको प्रयोग फलदायी छैन।

कन्या : आफन्तको प्रगतिमा मन रमाउनेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ। रोकिएको काम दोहोर्‍याएर गर्दा फाइदा हुन सक्नेछ। मुद्दा मामिलामा विजय प्राप्त हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्नाले सरस्वती प्रसन्न हुनेछिन्। सजिलै अरूको विश्वास भने नगर्नु होला।

तुला : साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। व्यापार व्यवसायमा सफलता मिल्नेछ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। सेयर बजार र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट राम्रै फाइदा मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६१, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहको स्मरण गरेर कामको थालनी गर्दा बढी फल मिल्नेछ। अरूलाई दु:ख दिने काम चाहिँ नगर्नु होला।

वृश्चिक : लाभ-हानि बराबरी खालको दिन छ। लेनदेनमा सजगता अपनाउनु पर्नेछ। चोटपटकको भय छ सचेत रहनुहोला। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्ला। विचार गरेर बोल्नु र निर्णय लिनु उचित हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ३७, व्यापारमा ४५, सेयर बजारमा ३१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३० र सम्पूर्ण भाग्याङ्क ३५ प्रतिशत रहेको छ। यो राशिका व्यक्तिले आज सद्‌विचारले प्रेरित भएर अघि बढ्नु होला, जसले गर्दा काम बिगार्न खोज्नेहरू आफैँ पछि हट्नेछन्। यात्रा फलदायी छैन तसर्थ भरिसक्के लामो यात्रा नगरेकै बेस।

धनु : स्थान परिवर्तनका विशेष योग देखिन्छन्। दानपुण्यका कार्यमा सहभागी भइनेछ। शुभकार्यमा सहभागिता जनाइनेछ। सजिलै अरूको विश्वास जित्न सकिनेछ। सौन्दर्यमा धन खर्च हुनेछ। आकस्मिक धनलाभ हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६४, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिहान उठेर हनुमानजीको दर्शन गर्नु राम्रो हुनेछ। छलकपटतिर चाहिँ नलाग्नु होला।

मकर : रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ। नयाँ ठाउँमा घुमफिर र मन्दिर दर्शनको योजना बन्नेछ। पेसा-व्यवसायबाट लाभ हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। घरमा अतिथिको आगमन हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ५८, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ४८ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ७४ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शङ्करजी दर्शन गरेर कामको थालनी गर्दा अधिक सफलता मिल्नेछ। कालो रङको प्रयोग अनुकूल छैन।

कुम्भ : मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ६८, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

मीन : यात्रामा बिध्नबाधा आइलाग्न सक्छ। आहार-विहारमा सावधानी अपनाउनु पर्नेछ। झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला। खानामा गडबडी हुन सक्छ सचेत रहनुहोला। साँझमा आफन्तको साथ सहयोग मिल्ने र मन प्रसन्न रहनेछ।

भाग्यशाली रङ गुलाबी हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा २९, व्यापारमा ४७, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .