डोटी जिल्लाको शिखर नगरपालिका ८ लुवाखडीस्थित सेती नदीको किनारमा नुहाउने क्रममा सोमबार एक व्यक्ति डुबी बेपत्ता भएका छन्।
धनगढीबाट अछामतर्फ जाँदै गरेको सू.प.प्र.०१–००१ ज १५३४ नम्बरको अल्टो कार लुवाखडीस्थित सडकमा रोकी चालक कैलालीको धनगढी उपमहानगरपालिका ३ बस्ने वर्ष अन्दाजी ३८/४० का नरबहादुर तामाङ बेपत्ता भएका हुन्।
बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डोटी समेतबाट प्रहरी टोली खटिई गई निजको खोजतलासका साथै आवश्यक अनुसन्धान भइरहेको प्रहीले जनाएको छ।
84
Shares
प्रतिक्रिया