समाज


सट्टेवाजीमा संलग्न १३ जना भारतीय बुटवलबाट पक्राउ

सट्टेवाजीमा संलग्न १३ जना भारतीय बुटवलबाट पक्राउ

नेपालखबर
बैशाख २५, २०८१ मंगलबार १२:५३, काठमाडौँ

अनलाइन फेयर प्ले बेटिङ साइट जुवा (सट्टेवाजी) मा संलग्न रहेको अभियोगमा प्रहरीले रुपन्देहीको बुटवलबाट १३ जनालाई पक्राउ गरेको छ। 

बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित एक घरको पहिलो र दोस्रो तलामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले सोमबार दिउँसो उनीहरुलाई पक्राउ गरेको हो। 

घर भाडामा लिई अनलाइन फेयर प्ले बेटिङ साइट संचालन गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले छापा मार्दा उनीहरू पक्राउ परेका हुन्। 

उनीहरुको साथबाट विभिन्न कम्पनीका ल्यापटप १३ थान, ३९ थान मोवाइल सहितका विद्युतिय उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारतको राजस्थान हनुमाननगर मस्तवानी हर्ड पञ्चायत बस्ने २१ वर्षीय भिम सेनसहित १३ जना जना रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

यस घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .