समाज


पाँच प्रदेशका विभिन्न स्थानमा वर्षा जारी, राति हावाहुरीको पनि सम्भावना

पाँच प्रदेशका विभिन्न स्थानमा वर्षा जारी, राति हावाहुरीको पनि सम्भावना

फाइल फाेटाे


नेपालखबर
बैशाख २५, २०८१ मंगलबार १८:१०, काठमाडौँ

हाल (मंगलबार साँझ ६ बजे) देशभर मौसम आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल)  रही मधेस प्रदेश, बागमती प्रदेश र कोसी प्रदेशका थोरै स्थानमा तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

१० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का तथा यसभन्दा माथि ५० मिलमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा भनिन्छ। 

 मौसम पूर्वानुमान महाशाखाको साँझ ६ बजेको बुलेटिनअनुसार आज राति पनि मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

यस क्रममा कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यसैगरी देशका बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

अनि राति देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुन सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। 

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभावले मौसम बदली र वर्षा भइरहेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .