समाज


गोदावरीकुण्डको काखमा खानेपानीको अभाव झेल्नुपरेको गुनासो

गोदावरीकुण्डको काखमा खानेपानीको अभाव झेल्नुपरेको गुनासो

नेपालखबर
बैशाख २५, २०८१ मंगलबार २१:३, काठमाडौँ

ललितपुरको गोदावरी नगरपालिका–१ का स्थानीयले गोदावरी कुण्डको काखमा घर भएर पनि खानेपानी नपाएको गुनासो गरेका छन्।

खानेपानीको व्यवस्था गर्न स्थानीय तहले ध्यान नदिएको भन्दै सर्वदलीय संघर्ष समिति नै बनाएर विरोध कार्यक्रम सुरु गरेका छन्।

मंगलबार स्थानीयले गोदावरी नगरपालिका र वडा कार्यालयमा ध्यानाकर्षण पत्रसमेत बुझाएका छन्।

समितिका संयोजक राजेश थापाले गोदावरी नगरपालिका वडा नं १ को कार्यालयमा पत्रकार सम्मेलन गरी वडा सचिव शालिग्राम गुरागाइलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरे।

त्यसक्रममा उनले ३५ दिनभित्र कार्यान्वयन नभए थप विरोधका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने बताए।

वडासचिव गुरागाइले खानेपानी वितरणको लागि खाल्डो खन्ने र पाइप ओछ्याउने काम भएको तर प्राविधिक समस्याले अगाडि बढ्न नसकेको बताए।

यसबारेमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले यथासिघ्र खानेपानीको साधारण सभा गरी नयाँ नेतृत्व चयन गर्ने र काम अगाडि बढाउने जानकारी दिएको स्थानीय मनोज कृष्ण थापाले बताए।

खानेपानीको कार्यसमिति तीन वर्षदेखि बनेको छैन। वडा अध्यक्ष श्रीराज थापाले खानेपानीको अध्यक्षको कार्यभार आफैं लिएको स्थानीयको भनाई छ।

लगभग तीन हजार घरधुरी रहेको सो वडामा करिब नौसय घरधुरी खानेपानीबाट वञ्चित छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .