ad ad

समाज


‘प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनी’ मा ४६ विद्यालय सहभागी

‘प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनी’ मा ४६ विद्यालय सहभागी

नेपालखबर
जेठ ६, २०८१ आइतबार १७:४७, काठमाडौँ

बाँसबारी, काठमाडौंस्थित रिपुमर्दिनी सैनिक महाविद्यालयद्वारा आयोजित ३ दिने प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनी समापन भएको छ।

महाविद्यालयको १९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा सो प्रदर्शनी आयोजना गरिएको जंगी अड्डाले जनाएको छ।

प्रदर्शनीमा देशभरिका विभिन्न सामुदायिक तथा संस्थागत गरी कुल ४६ वटा विद्यालयका १२४ वटा प्रोजेक्टहरूको सहभागिता रहेको थियो।

रिपुमर्दिनी सैनिक महाविद्यालयले आफ्नो स्थापना दिवसको अवसर पारेर विसं २०७७ सालबाट सुरु गरेको प्रधान सेनापति बृहत् विज्ञान प्रदर्शनीको यो चौथो संस्करण हो।

प्रदर्शनी विभिन्न विद्यालय तथा महाविद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा सर्वसाधारण गरी पन्ध्र सय जना भन्दा बढीले अवलोकन गरेका थिए। प्रदर्शनीमा नेपाल प्रहरी विद्यालय, साँगा, सेन्ट लरेन्स कलेज, चाबहिल, डियर वाक सिफल स्कुलका प्रोजेक्टहरु क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए।

त्यसैगरी, भ्याली पब्लिक स्कुल, भंगाल र विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय उत्कृष्ट प्रोजेक्ट व्यवस्थापनको रूपमा छनौट भएका थिए।

समापन समारोहमा प्रमुख अतिति बलाधिकृत रथी अशोकराज सिग्देलले छनौट भएका उत्कृष्ट प्रोजेक्टहरुलाई पुरस्कार प्रदान गरेका थिए।

नेपाली सेनाका रथीवृन्द, सैनिक श्रीमती संघका पदाधिकारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावकको उपस्थिति रहेको समापन कार्यक्रममा प्रदर्शनीको मुल्याङ्कन समिति लगायत रिपुमर्दिनी सैनिक महाविद्यालयको गत शैक्षिक सत्रमा विभिन्न विधामा उत्कृष्ट छात्रछात्रा र शिक्षक/कर्मचारीहरूलाई समेत पुरस्कार एवं मायाको चिनो प्रदान गरिएको थियो।

देशभरिका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालय तथा महाविद्यालयहरू सम्मिलित यस प्रकारको बृहत् विज्ञान प्रदर्शनीले विद्यार्थी तथा युवाहरूलाई विज्ञान, प्रविधि र अनुसन्धानमा प्रेरित गर्ने विश्वास नेपाली सेनाले लिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .