काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कीर्ते जालसाजी मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौंको बूढानीलकण्ठ–१० का ५० वर्षीय अशोक सिंह रहेका छन्।
सिंहविरुद्ध श्याम कृष्ण श्रेष्ठको जाहेरीले कीर्ते जालसाजी मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७० साल वैशाख २५ गते १५ हजार ४१२ रुपैयाँ ५० पैसा जरिवाना भराउने फैसाल गरेको थियो।
फरार रहेका प्रतिवादी सिंहलाई प्रहरीले यही २०८१ जेठ ३ गते कालिमाटीबाट पक्राउ गरेको हो।
उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत बबरमहल पठाइएको प्रहरीले जनाएको छ।
27
Shares
प्रतिक्रिया