समाज


उड्नै लागेको श्री एयरलाइन्सको जहाज जब एक्कासि बिग्रियो...

उड्नै लागेको श्री एयरलाइन्सको जहाज जब एक्कासि बिग्रियो...

नेपालखबर
फागुन १०, २०७६ शनिबार ५:१०,

ऊर्जामन्त्री वर्षमान पुनसमेत सवार श्री एयरलाइन्सको हवाई जहाज शनिबार बिहान उड्नै लाग्दा बिग्रिएपछि हतारहतार यात्रु ओरालिएको छ।

शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगन्ज उडाउन पाइलटलले स्टार्ट गरिसकेको श्री एयरलाइन्सको जहाज गम्भीर गडबडी आएको भन्दै एक्कासि रोकिएको हो।

ऊर्जामन्त्री वर्षमान पुनका प्रेस संयोजक दयानिधि भट्टका अनुसार बिहान साढे ८ बजे हवाई जहाज नेपालगञ्ज उड्नै लागेका बेला एयर होस्टेसहरूले यात्रुहरूलाई हतार(हतार ओरालेका हुन्।

कस्तो खालको प्राविधिक समस्या हो भन्नेबारेमा जानकारी भने दिइएको छैन।

घरेलु उडान विभागका अनुसार प्राविधिक समस्या आएका कारण श्री एयरलायन्सको जहाज केही बेर उडान स्थगन गराएको हो।

मर्मतपछि केही बेरअघि मात्र पुनः यात्रुलाई चढाएर जहाज नेपालगन्जतर्फ उडेको श्री एयरलाइन्सले जनाएको छ।

जहाज बिग्रिएपछि यात्रुलाई २० मिनेटपछि पुनः उडान हुने जानकारी दिइए पनि जहाजमा आएको समस्या समाधान गर्न दुई घण्टाभन्दा बढी समय लागेको श्री एयरलाइन्स ग्राउन्ड स्टाफले जानकारी दिइन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad