छापा खबर


बलात्कारपछि फरार पूर्वडीएसपी खिउजूले पीडित युवतीसँग गरेको फोन संवाद (जस्ताको तस्तै)

बलात्कारपछि फरार पूर्वडीएसपी खिउजूले पीडित युवतीसँग गरेको फोन संवाद (जस्ताको तस्तै)

नेपालखबर
फागुन १०, २०७६ शनिबार ४:५०,

गत माघ २२ गते एक युवतीले आफूलाई बलात्कार गरेको भन्दै ललितपुर चापागाउँ प्रहरी वृत्तका डिएसपी राजकुमार खिउजूविरुद्ध महानगरीय प्रहरी परिसर ललितपुरमा किटानी जाहेरी दिएकी छन्।

ललितपुर जिल्ला अदालतले पूर्वडिएसपी खिउजूलाई पक्राउ गर्न अनुमति पनि दिएको छ। तर, उनी अहिलेसम्म फरार छन्। पीडित युवतीले भने प्रहरीले खिउजूलाई पक्राउ गर्न ढिलाइ गरेको दाबी गरेकी छिन्।

पीडित युवती भन्छिन्, ‘जाहेरी हालेको दुई साता बितिसक्दा पनि उनी पक्राउ परेका छैनन्।

पूर्वडिएसपी खिउजूले पीडित युवतीलाई जाहेरी फिर्ता लिन गरेको फोन कुराकानी पनि आजको नयाँ पत्रिकाले छापेको छ।

युवती : घरीघरी किन फोन गर्छस् तँ? 

खिउजू : नानु, सुन सुन म सातदोबाटो आउँछु। 

युवती : तैँले जहाँजहाँ भनिस्, म त्यहीँ आउने म तेरो को हो हँ ? अब म तँलाई छोड्दै छोड्दिनँ। 

खिउजू : सुन, सुन तिमीले जे भने पनि मान्छु।

युवती : तेँले जेसुकै भने पनि मान्दै मान्दिनँ, गड प्रमिस मान्दिनँ । तैेँले त धेरैचोटि कसम खाइस्, थाहा छ । तँ आफैँ गल्ती गरेर मेरो कोठामा सुत्न आएको भन्ने ? 

खिउजू : सुन, सुन तिमीले भनेको मान्छु। तिमीकहाँ आउँछु ल। अहिले टाढा छु। जसरी भए पनि म एक घन्टाभित्र तिमीलाई भेट्न म आउँछु, जसरी भए पनि आउँछु। 

युवती : तँलाई म एक सेकेन्ड पनि भेट दिन्नँ । म किन भेट्छु, म यहाँ सरहरूसँग छु (प्रहरी) । जेसुकै गर, मलाई केही पनि फरक पर्दैन । तैँले गरेको गल्तीको सजाय तँलाई नदिई छोड्दिनँ। 

खिउजू : सुन, सुन मलाई कारबाही गरेर तिमीलाई के हुन्छ, भन त? तिमीलाई राम्रो हुन्छ?  

युवती : हुन्छ, हुन्छ। तँलाई कानुनअनुसार कारबाही हुनैपर्छ। तैँले अर्काकी छोरीलाई गरेको व्यवहार, तैँले गर्दा मेरो कहीँ पनि ठाउँ छैन बुझिस्, तैँले जे बोल्दा नि जे गर्दा नि हुन्छ, यहाँ? 

खिउजू : तिमीले भनेको मान्छु। तिमी त्यहाँबाट आऊ ल भन, तिमीलाई कहाँ भेटूँ, ल भन। म आउँछु। 

युवती : मैले यहाँ आएर निवेदन दिइसकेपछि तँसँग म मिल्छु? तैँले अर्काकी छोरीलाई जे गरे पनि हुन्छ? 

खिउजू : नानु, सुन सुन आवेशमा आएर भनेँ होला। निवेदन नदेऊ। तिमीले भनेको सबै मान्छु ल। 

युवती : म कुनै पनि कुरा मान्दिनँ, मसँग मिल्ने कुरै नगर् ल। मसँग मिल्ने कुरै नगर?

खिउजू : प्लिज, प्लिज तिमीले जे भन्यो त्यही मान्छु। प्लिज, प्लिज । जे भन्यो त्यहीँ मान्छु निवेदन फिर्ता लेऊ। 

युवती : कसम मान्दिनँ, म तैँले भनेको म केही पनि मान्दिनँ। फोन राख्। अब म ब्ल्याकलिस्टमा फोन राखिदिन्छु। मलाई फोन नगर्। तँसँग कन्ट्याक्ट हुँदिनँ। तँसँग म मुद्दामा आएर भेट्छु । तेरो केही कुरा पनि सुन्दिनँ। 

खिउजू : त्यसो नभन, तिमीले भनेको सबै मान्छु। 

युवती : तेरो कुरा मान्दा तैँले मलाई पेलेको होस् । तैँले जे–जे भन्यो, त्यही मान्दा तैँले मलाई यसो गरेको होस्। 

खिउजू : तिमीले भनेको मान्छु, तिमीले भनेजसो गर्छु । प्लिज, प्लिज नरिसाऊ, मेरो इज्जत बचाइदेऊ। 

युवती : तँ जहाँसुकै गएर जेसुकै बोल् मलाई मतलब छैन । तँलाई कानुनअनुसार कारबाही हुनैपर्छ । त्यत्ति हो, मलाई चाहिएको। 

खिउजू : तिमी आफैँ भन न मलाई कारबाही गरेर तिमीलाई के फाइदा हुन्छ, भन त?

युवती : तँलाई कारबाही गरेर मेरो जिन्दगी फर्किन्छ। मलाई तैँले जति रुवाएको छस्, तँलाई कारबाही गर्दा म त्यति नै खुसी हुन्छु।  

खिउजू : त्यसो नभन। तिमीले जहाँ भने पनि म आउँछु ल। 

युवती : मलाई के मतलब, तेरो के वास्ता छ र मलाई ?

खिउजू : कसम तिमीले भन्या मान्छु प्लिज, प्लिज।

युवती : भगवान् कसम मान्दिनँ ल । मैले भनिसकेँ, तँलाई कारबाही नगरी म छोड्दै छोड्दिनँ । तैँले गरेको गल्तीको सजाय पाउनैपर्छ । 

खिउजू : तिमीले जे सजाय दिए पनि भोग्न तयार छु । मलाई बदनाम नगर।

युवती : मैले तँलाई किन बदनाम गर्ने? प्रहरीबाट केही भएन भने म रवि दाइकोमा जाने हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad