कोरोनाको संक्रमणले वुहानस्थित सिची जाङबे अस्पतालका डाक्टर सिया सिसिको मृत्यु भएको उक्त अस्पतालको आधिकारिक विच्याट अकाउन्टमा जानकारी दिइएको सीएनएनले जनाएको छ।
२९ वर्षका डाक्टर सीसी गत जनवरी १९ मा अस्पताल भर्ना भएका थिए। उनको वुहानको जोङनान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
यसअघि गत बिहीबार वुहान कै डाक्टर २९ वर्षका पेङ यिनहुवाको पनि कोरोनाको संक्रमणपछि मृत्यु भएको थियो।
यसअघि वुहान अस्पतालका निर्देशकको पनि कोरोनाकै कारण निधन भएको थियो।
जनवरीमा चीनमा कोरोनाको पहिलो जानकारी दिने डाक्टर लि विनलियाङको मृत्यु भएपछि चिनियाँहरु चीन सरकारसँग रुष्ट बनेका थिए।
आइतबार बिहानसम्मको तथ्यांकअनुसार विश्वभर ७९ हजार ९३० जनामा कोरोनाको संक्रमण देखिएको छ।
मृतकको संख्या २ हजार ४६१ जनाको मृत्यु भइसकेको छ।
चीनमा मात्र २ हजार चारसय जनाको मृत्यु भएको छ भने त्यहाँ ७८ हजारभन्दा बढी संक्रमित छन्।

प्रतिक्रिया