समाज


कोसी प्रदेश योजना आयोगका उपाध्यक्ष सवार गाडीमा आगजनी

कोसी प्रदेश योजना आयोगका उपाध्यक्ष सवार गाडीमा आगजनी

नेपालखबर
जेठ २७, २०८१ आइतबार ११:४६, काठमाडौँ

मोरङको रंगेली नगरपालिकामा आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारी सवार गाडीमा आगजनी गरेका छन्। रंगेली नगरपालिकाका कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका विद्यार्थीको रिहाइ माग गर्दै आन्दोलन चलिरहेको छ। 

आइतबार विराटनगरको महेन्द्र मोरङ क्याम्प अगाडि प्रदर्शन गरिरहेका विद्यार्थीले प्रदेश योजना आयोगका उपाध्यक्ष अधिकारी सवार को १ झ ६४४ नम्बरको गाडीमा आगजनी गरेका हुन्।

गत बिहीबार रंगेली नगरपालिकाका कार्यवाहक मेयर समेत रहेका वडा नम्बर–८ का वडाध्यक्ष समेत रहेका ढकप्रसाद आचार्य र प्रमुख प्रशसकीय अधिकृत ओमकारप्रसाद न्यौपानेलाई दुर्व्यवहार गरेका थिए। 

नगरपालिकामा पुगेका विद्यार्थीहरूको समूहले धरपकड गर्दै नगर प्रहरी र नेपाल प्रहरीसँगै हातपातमा उत्रिएका थिए। 

निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको भन्दै केही विद्यार्थीको समूह नगरपालिकामा पुगेको थियो।

कावा मेयर आचार्यलाई उक्त समूहमध्येका केहीले अगाडिको टेबुल झिकेर हिर्काउन खोजेको सीसीटीभी फुटेजमा देखिन्छ। 

कार्यालयमा काम गरेर बसिरहेका कावा मेयर र प्रमुख प्रशासकीय अधिकृतमाथि हातपातको अवस्था सिर्जना हुन थालेपछि नगर प्रहरीले प्रतिवाद गरेको थियो। 

सीसीटीभी फुटेज:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad