धनकुटास्थित अरुण नदी र तमोर नदीमा बाढी बढ्दै गएकाले यी नदी आसपासका बासिन्दालाई दिउँसोसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ।
विभागका अनुसार धनकुटास्थित अरुण नदी सिम्ले जलमापन केन्द्रमा जलसतह सतर्कताले तह पार गरेको छ र बढ्दो क्रममा छ। अतः नदीतटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसो ३ बजेसम्मै उच्च सतर्कता अपनाउन आवश्यक छ।
धनकुटा जिल्ला स्थित अरुण नदी सिम्ले जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ, नदी तटिय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसो ३ बजेसम्मै उच्च सतर्कता अपनाऔँ।असार २३, बिहान ६:५० बजे
जल तथा मौ वि वि @NDRRMA_Nepal pic.twitter.com/uPaJPc9q9L
यसैगरी धनकुटाकै त्रिवेणीस्थित तमोर नदी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ र बढ्दो क्रममा छ।
त्यसैले उक्त नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसोसम्मै उच्च सतर्कता अपनाउन आवश्यक छ।
असार २३, बिहान ८:१० बजे
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 7, 2024
धनकुटा जिल्ला त्रिवेणी स्थित तमोर नदी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ, नदी तटिय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसो सम्मै उच्च सतर्कता अपनाऔँ।
जल तथा मौ वि वि @NDRRMA_Nepal pic.twitter.com/JDUiNdmrjw
Shares

प्रतिक्रिया