समाज


दुबईबाट सुन ल्याउन भरिया लगाउने व्यक्ति पक्राउ

दुबईबाट सुन ल्याउन भरिया लगाउने व्यक्ति पक्राउ

नेपालखबर
साउन १, २०८१ मंगलबार १८:३९, काठमाडौँ

प्रहरीले अवैध सुनको कारोबार गर्ने मुख्य योजनाकार भएको आरोपमा एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेको महाभारत गाउँपालिका–२ घर भएका विकास योन्जन रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

२०८० असोज २५ गते बिहान ०९ः२५ बजेको समयमा दुबईबाट हिमालयन एयरलाइन्सद्वारा नेपाल आएका बाबुलाल दोङलाई प्रहरीले अवैध सुनसहित पक्राउ गरेको थियो।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट पक्राउ गरेको थियो।

उनलाई प्रहरी वृत्त गौशालामा लगि चेकजाँच गर्ने क्रममा कालो टेपले बेरिएको २ वटा लाम्चो र डल्लो सुन जस्तो पहेलो धातु ९६० ग्राम मलद्वारमा फेला परेको थियो। अनुसन्धानका क्रममा उक्त भन्सार छलीको सुन विकास योन्जन रहेको भनि बाबुलाल दोङले बयानमा पोलेको प्रहरीको भनाई छ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट पक्राउ पुर्जी जारी भई हालसम्म फरार रहेका योन्जनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खोजतलास गर्ने क्रममा साउन ३१ गते स्मार्ट पार्टी प्यालेस चाबहिलबाट नियन्त्रणमा लिएको हो।

उनीमाथि थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad