समाज


देशभरका शिवालयमा भक्तजनको घुइँचो (तस्बिर)

देशभरका शिवालयमा भक्तजनको घुइँचो (तस्बिर)

साउनको अन्तिम सोमबार आज पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्न आएका भक्तजनको भीड । तस्बिरः हरिराम भेटुवाल/रासस


नेपालखबर
साउन २८, २०८१ सोमबार ८:३८, काठमाडौँ

साउनको अन्तिम सोमबार भएकाले आज पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। 

काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको लामो लाइन छ। साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा  सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।   

दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको छ। 

आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन्। 

हेर्नुहोस् तस्बिर 

पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने भाथा धामको रुपमा परिचित दुग्धेश्वरनाथ महादेव मन्दिरमा दूध तथा जल चढाउँदै भक्तजन

काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा सोमबार शिवको पूजा आराधना गर्दै भक्तजन।

काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा सोमबार भगवान् शिवको पूजा आराधना गर्दै भक्तजन ।

साउनको अन्तिम सोमबार आज पशुपतिनाथ मन्दिरको पूजा आराधना तथा दर्शन गर्न मन्दिर परिसरमा लामवद्ध भएका भक्तजन ।

 

साउनको अन्तिम सोमबार आज पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने आएका भक्तजन ।

साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा आराधना गर्दै आएका भक्तजन आज पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरेपछि पुरोहितलाई दान दक्षिणा गरी विधिपूर्वक व्रत समापन गर्दै

साउन महिनाको अन्तिम सोमबार दाङको घोराही उपमहानगरपालिका–१८ अम्बापुरमा अवस्थित अम्बिकेश्वरी मन्दिरमा पूजा गर्दै भक्तजन । तस्बिरः कुलदीप न्यौपाने/रासस

पशुपतिनाथ मन्दिरमा भगवान् शिवको पूजा आराधना गर्न आएका भक्तजन मन्दिर परिसरको भजनकीर्तनमा नृत्य प्रस्तुत गर्दै

देवघाटधामस्थित सङ्गमेश्वर पशुपतिनाथ मन्दिरमा रहेको १०८ शिवलिङ्गमा बेलपत्र तथा जल चढाउँदै भक्तजन । तस्बिरः सनद अधिकारी/रासस

 

साउनको अन्तिम सोमबार देवघाटधामस्थित शिवलिङ्गमा बेलपत्र, दूध र जल चढाउँदै भक्तजन । तस्बिरः सनद अधिकारी/रासस

सबै तस्बिर रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad