लेनदेन मुद्दामा दोषी ठहर एकजना व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० बस्ने ४७ वर्षीय पदम बहादुर तामाङ रहेका छन्।
रिता अवालसँगको लेनदेन मुद्दामा तामाङले ६ लाख ५० हजार रुपैयाँ नतिरे बापत २ वर्ष कैदमा राख्न अदालतले आदेश दिएको थियो।
तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साउन २८ गते बूढानीलकण्ठ–१० बाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।
96
Shares

प्रतिक्रिया