ad ad

समाज


सिन्धुलीको अक्करे भिरमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन

सिन्धुलीको अक्करे भिरमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन

नेपालखबर
साउन ३१, २०८१ बिहिबार १०:२७, काठमाडौँ

पहिरो हटाएपछि मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको खुर्कोट–घुर्मी सडक खण्डमा गाडी चल्न थालेका छन्। 

अविरल वर्षापछि गोलन्जोर गाउँपालिका–७ अक्करे भिरमा पहिरो खस्दा बिहीबार बिहान पौने ६ बजेदेखि उक्त सडक अवरुद्ध भएको थियो।

सडकको पहिरो हटाएपछि बिहान ९ बजेदेखि त्यहाँ दुईतर्फी नै सवारी साधन चल्न थालेका सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए।

पहिरो खस्दा तीन घण्टा भन्दा धेरै सयम दुईतर्फी नै गाडी रोकिएका थिए। जसको कारण दर्जनौँ सवारी साधनका सयौँ यात्रुले सास्ती बेहोर्नु परेको थियो। 

खोटाङ,ओखलढुंगा, सोलुखुम्बु आवतजावत गर्ने यात्रुले यो सडकको प्रयोग गर्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .