समाज


सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको निधनमा प्रचण्डद्वारा दुःख व्यक्त

सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको निधनमा प्रचण्डद्वारा दुःख व्यक्त

चन्द्रसिंह कार्की


नेपालखबर
भदौ ४, २०८१ मंगलबार १३:३२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष एवं माओवादी कर्णाली प्रदेश समिति सचिवालय सदस्य चन्द्रसिंह कार्कीको निधनप्रति दुःख व्यक्त गरेका छन्।

अध्यक्ष प्रचण्डले दिवंगत कार्कीप्रति श्रद्धाञ्जली र जीवन-संगीनी एवं कर्णाली प्रदेशसभा सदस्य जुम्कित लामासहित शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन्। 

सुर्खेतबाट नेपालगन्जतर्फ गइरहेका बेला भेरीगंगा नगरपालिका–५ स्थित एमाले मोडमा सवारी दुर्घटनामा परी घाइते भएका कार्कीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा गएराति निधन भएको हो।

अध्यक्ष प्रचण्डले उक्त दुर्घटनामा घाइते भई उपचाररत हुम्ला ताजाकोट गाउँपालिका अध्यक्ष एवं पार्टीका कर्णाली प्रदेश समिति सहसचिव लालकेश जैशीलगायत सबैको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad