उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा भएको छ। शुक्रबार रामशाहपथस्थित सचिवालयमा बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका १४ न्यायाधीशको सरुवा गरेको हो।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले जनकपुर, विराटनगर, तुलसीपुरका विभिन्न न्यायाधीशको सरुवा गरेको हो।
यसअघि असोज ७ गते बसेको बैठकमा कुरा नमिल्दा न्यायाधीशको सरुवा रोकिएको थियो।
को कहाँ सरुवा? हेर्नुस् सूचीः
264
Shares

प्रतिक्रिया