समाज


कोरोना जोखिमका बेला तराईमा होली झन् दुई दिन

कोरोना जोखिमका बेला तराईमा होली झन् दुई दिन

शैलेन्द्र महतो
फागुन २६, २०७६ सोमबार ५:३८,

कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले होली नै नखेल्न सरकारले आग्रह गरिरहेका बेला तराईमा भने यसपालि झन् दुई दिन मनाइने भएको छ।

आज (सोमबार) फागुपूर्णिमा। पहाडी र हिमाली क्षेत्रमा आपसमा फागु र रङ दलेर आज फागु पर्व अर्थात् होली मनाइँदै छ।

तर तराईमा पहाडमा मनाइएको भोलिपल्ट होली मनाउने चलन छ। तसर्थ यहाँ होली भोलि मंगलबार मनाइँदै छ।

तराई-मधेसमा १५ दिने मिथिला परिक्रमा समापन भएको भोलिपल्ट होली खेल्ने परम्परा छ।

मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिने परिक्रमा जनकपुरको अन्तरगृह परिक्रमा गरी सोमबार समापन हुँदै छ।

तर तराईमा मांसहारीले मंगलबारका दिन माछामासु बार्ने चलन रहेको र माछामासु नखाए होली मनाएजस्तै नहुने भएकाले त्यस्ता तराईवासीले बुधबार होली खेल्ने भएका हुन्।

जसले गर्दा शाकाहारीले होली मंगलबारै तथा मांसहारीले बुधबार मनाउने भएको जानकी मन्दिरका सहमहन्त रामरोशनदास वैष्णवले बताए।

तर सहमहन्त वैष्णव भने यसपालि विश्वभर फैलिरहेको कोरोना भाइरसबाट बच्न माछामासु नखान तथा मंगलबार नै होली मनाउनु उचित हुने बताउँछन्।

‘माछामासुबाटै कोरोना भाइरस उत्पत्ति भएको भन्ने सुनिन्छ। त्यसैले यसपटक माछामासु नखाइ मंगलबार नै होली मनाउँदा उचित हुन्छ भन्ने मेरो सबैलाई सुझाब छ,’ उनले भने।

प्रादेशिक अस्पताल जनकपुरका वरिष्ठ चिकित्सक जनरल फिजिसियन डा। कुल्दीप पण्डितले पनि कोरोना संक्रमणको जोखिमबाट बच्न जथाभावी माछामासु नखान सुझाव दिएका छन्।

‘माछामासु प्रायः आयातित बस्तु हो। कहाँबाट आएका हुन्छन्, कस कसले छोएका हुन्छन्। थाहा हुँदैन। त्यसैले त्यसमा पनि कोरोनाको भाइरस टाँसिएको हुन सक्छ। यसबाट सचेत हुनुपर्छ। सकभर नखाएकै राम्रो। तर खाँदा सतर्कता अपनाउनुपर्छ,’ उनले भने।

होली खेल्दा सकभर रङ र पानीको प्रयोग नगर्न र अबिरले पनि सामान्य रूपमा सकेसम्म खुट्टामा अबिर चढाएर होली खेल्न उनको सुझाव छ।

होली पर्व मनाउन प्रदेश २ सरकारले सोमबार र मंगलबार सार्वजनिक बिदा दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad