समाज


पदभार सम्हालेपछि प्रधानन्यायाधीश राउतले भने- न्यायालय लयमा फर्किएको छ

पदभार सम्हालेपछि प्रधानन्यायाधीश राउतले भने- न्यायालय लयमा फर्किएको छ

नेपालखबर
असोज २०, २०८१ आइतबार १७:३८, काठमाडौँ

नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालय लयमा फर्किएको र यसलाई सुखद् र गौरवको विषय मान्नुपर्ने बताएका छन्।

प्रधानन्यायाधीश राउतले आइतबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेपछि पदभार ग्रहण गरेका थिए।

राष्ट्रपति भवन शीतलनिवासमा शपथ ग्रहण गरेपछि सर्वोच्च अदालत आइपुगेका उनले पदभार सम्हालेपछि केहीबेर सञ्चारकर्मीसँग अन्तर्क्रिया गरेका थिए।

त्यस क्रममा उनले भने, ‘अबको न्यायपालिका एकदम गरिमामय हुन्छ। समृद्ध बनाउने प्रयत्न हुन्छ। मर्यादायुक्त हुन्छ। तपाईँले यसमा शंकै नगर्नुहोस्। निष्ठाका न्यायाधीशहरूले ओतप्रोत भएका ठाउँमा तपाईँ हामीलाई काम गर्न दिनुहोस्।’

विगतका खासखास कालखण्ड सम्झेर अहिलेको अवस्था तुलना गर्न आग्रह गर्दै उनले भने, ‘न्यायपालिका लयमा यसै फर्किएको छैन। मान्छेले गरेपछि हुन्छ भन्ने देखिएको छ। खासखास कालखण्ड सम्झिनुहोस् न तपाईँहरू, अहिले पनि सम्झिनुहोस्।’

उनले आफूसँग सम्पूर्ण न्यायाधीश र कर्मचारीको टिम साथमा रहेकाले काम गर्न सहज हुने दाबी पनि गरे। न्यायालयको पञ्चवर्षीय रणनीतिक योजनाका लक्ष्य हासिल गर्न आफू लागिपर्ने प्रतिबद्धता पनि उनले जनाए।

भिडिओमा हेर्नुहोस् :

बार र बेन्च विवाद उनले विधिसम्मत तरिकाले समाधान गर्ने उनको भनाइ थियो। 

‘बार र बेन्चको (विवाद) त्यस्तो विधि नठान्नुहोस् । बार र बेन्चको आपसी समझदारीबाट सधैँभरि ठूल्ठूला मतभेद टुंगिएका छन्। कानुनको उचित र वैधानिक तरिकाले सर्वसम्मत प्रक्रियाबाट टुंगिन्छ। जिम्मेदारीको सिद्धान्त छ, संयमको सिद्धान्त छ, उपयोग गरिएको छैन। बार र बेन्चले कसले कति गरेको छ, हेर्नुपर्छ।’

उनले संविधान र कानुनबमोजिम निर्णय गर्न नछाड्ने प्रतिबद्धता पनि जनाएका छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad