समाज


‘बारबरा खोजी पत्रकारिता लेखनवृत्ति’ यी ४ पत्रकारलाई

‘बारबरा खोजी पत्रकारिता लेखनवृत्ति’ यी ४ पत्रकारलाई

नेपालखबर
असोज २३, २०८१ बुधबार १४:२९, काठमाडौँ

बारबरा फाउन्डेसनले सन् २०२३ मा घोषणा गरेको ‘बारबरा खोजी पत्रकारिता लेखनवृत्ति’ चार जना पत्रकारलाई प्रदान गरेको छ।

फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइत र महासचिव मोहना अन्सारीले फाउन्डेसनका सञ्चालकहरूको उपस्थितिमा छनोट भएका चार पत्रकारलाई लेखनवृत्ति प्रदान गरेका हुन्।    

फाउन्डेसनका अनुसार दीपा दाहाल, कृष्ण ज्ञवाली, मोहन मैनाली र वसन्तप्रताप सिंहलाई  ‘बारबरा खोजी पत्रकारिता लेखनवृत्ति’ प्रदान गरिएको हो। 

फाउन्डेसनले दाहाललाई ‘स्वास्थ्य बिमा कार्यक्रममा देखिएको बेथिति’, ज्ञवालीलाई  ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्र देखिएको बेथिति र राजनीतिक हस्तक्षेप’, मैनालीलाई ‘जलवायु परिवर्तनका कारण तमोर वरपरका क्षेत्रमा देखिएको प्रभाव’ र सिंहलाई ‘कर्णालीमा कुपोषणको समस्या’ शीर्षकको समाचारमा प्रत्येकलाई साढे २ लाख रुपैयाँका दरले लेखनवृत्ति प्रदान गरिएको हो।

फाउन्डेसनले गत वर्ष २५ लाख रुपैयाँको खोजमूलक पत्रकारिता पुरस्कार र लेखनवृत्तिको घोषणा गरेको थियो। 

२०८१ जेठ ३ मा राजधानीमा कार्यक्रम आयोजना गरी चार जना पत्रकारलाई बारबरा फाउन्डेसन खोजी पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो। सन् २०२३ को पुरस्कार र लेखनवृत्तिअन्तर्गतको लेखनवृत्ति प्रदान गर्ने कार्यक्रम मंगलबार सम्पन्न भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad