बडा दसैँको अवसरमा काठमाडौंको ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलको प्रांगणमा दुर्गा पूजा को आयोजना गरिएको छ।
बुधबार (असोज २३) बाट सुरु भएको दुर्गा पूजा कात्तिक ८ गत सम्म चल्नेछ।
सर्वोजनीन दुर्गा पूजा समितिले ४७औँ दुर्गा पूजा महोत्सव आयोजना गरेको हो। पूजा समितिका महासचिव अनुप दासले ग्यालेक्सी पब्लिक स्कुलमा आयोजित दूर्गा पुजामा जोसुकैले सहभागी हुनसक्ने बताए।
पूजा अवधि भरि विभिन्न कलाकारले सांस्कृतिक नाच गान, भजन इत्यादी प्रस्तुत गर्नेछन्। बुधबार एकादशीको दिन देवी बिसर्जनसँगै यस पालीको दुर्गा पूजा महोत्सवको समापन हुनेछ।















243
Shares

प्रतिक्रिया