समाज


भारत सरकारद्वारा १० वटा ‘प्रिफ्याब्रिकेट स्टिल ब्रिज’का सामान हस्तान्तरण

भारत सरकारद्वारा १० वटा ‘प्रिफ्याब्रिकेट स्टिल ब्रिज’का सामान हस्तान्तरण

नेपालखबर
असोज २४, २०८१ बिहिबार १६:५३, वीरगञ्ज

भारत सरकारले बाढीपहिरोका कारण अवरुद्ध सडक सञ्चालन गर्न १० वटा प्रिफ्याब्रिकेट स्टिल ब्रिजका सामान हस्तान्तरण गरेको छ।

भारतीय दूतावासले बुधबार एक कार्यक्रमबीच महावाणिज्य दूतावास वीरगञ्जबाट बाढीपहिरोले अवरुद्ध सडक सञ्चालन गर्न रु ३८ करोड मूल्य बराबरको १० वटा प्रिफ्याब्रिकेट स्टिल ब्रिजका सामान पहिलो चरणमा प्रदान गरेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए।

भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्य दूत देवी सहाय मीनाले पर्साका प्रजिअ भुसाललाई स्टिल ब्रिजका सामान तथा उपकरण हस्तान्तरण गरेका हुन्।

भारतीय दूतावासले नेपाल सरकारको अनुरोधमा सो स्टिल ब्रिजका उपकरण उपलब्ध गराएको विज्ञप्तिमार्फत जनाएको छ। ती सबै उपकरण अनुदानबापत् उपलब्ध गराइएको हो। दूतावासले आगामी दिनमा पनि प्रिफ्याब्रिकेट स्टिल ब्रिज उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।

दूतावासले पछिल्ला दुई दिनमा २५ टन बराबरका औषधी, ‘लाइफ ज्याकेट’, ‘रबरबोट’, ‘स्लिपिङ ब्याग’ लगायतका सामग्री बाढीपहिरो प्रभावित क्षेत्रमा उपलब्ध गराएको जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad