बडादसैँको नवौँ दिन आज (शुक्रबार) महानवमी पर्व। प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै छ।
महानवमीका दिनमा दुर्गा पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा चढाइन्छ।
आजको दिन सवारी साधनको पनि पूजा गर्ने प्रचलन छ।
यसै सन्दर्भमा मानिसहरू आफ्ना दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी पूजा गर्नका लागि शक्तिपीठहरू मध्येको एक काठमाडौँको भद्रकालीमा पुगेका छन्।
भद्रकाली मन्दिर परिसरमा सवारी पूजा गर्नेको लाम लागेको छ।








66
Shares

प्रतिक्रिया