कैलालीको चुरे गाउँपालिका–६ढुङ्गेनी गाउँका डम्मरबहादुर चुनाराले ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेका छन्।
निजले आफ्नी श्रीमतीको टाउकोमा बञ्चरो प्रहार गर्दा हीरादेवीको घटनास्थलमा नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। डम्बरबहादुरलाई इलाका प्रहरी कार्यालय फल्टुडेले पक्राउ गरेको छ।
गएराति नै धनगढी क्षेत्रबाट बझाङ केदारस्यू गाउँपालिका–२का २० वर्षीय पारस रावल र धनगढी उपमहानगरपालिका–१४ का १९वर्षीय आकाश मगरलाई लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। रासस
39
Shares

प्रतिक्रिया