समाज


माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण

माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण

फाइल तस्बिर


नेपालखबर
कात्तिक १, २०८१ बिहिबार १०:२०, काठमाडौँ

बिहान माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरेको छ। इन्जिनमा समस्या देखिएपछि विमानलाई आकस्मिक अवतरण गरिएको बुद्ध एयरले जनाएको छ।

बिहीबार बिहान साढे ६ बजे बुद्ध यएरको उडान नम्बर १०० नाइन एन एजेएस जहाजको इन्जिनमा प्राविधिक समस्या देखिएको हो।

‘इन्जिनमा प्राविधिक समस्या देखिएपछि जहाजलाई डाईभर्ट गरी काठमाडौँ  विमानस्थलमा सुरक्षित अवतरण गरिएको छ। हाम्रो प्राविधिक टोलीले जहाजको जाँच गरिरहेको छ,’ बुद्ध एयरले सामाजिक सञ्जाल एक्समा लेखेको छ। 

बिहान साढे ६ बजे माउन्टेन प्लाइटका लागि उडेको जहाज झण्डै १५ मिनेटपछि सुरक्षित अवतरण गरेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए। 

‘आजको माउन्टेन फ्लाइटमा प्रतिकूल मौसमको कारण हिमालका चुचुराहरू पनि देखिएका थिएनन्,’ प्रवक्ता कर्णले नेपालखबरसँग भने, ‘हिमाल नै नदेखिएपछि काठमाडौँ फर्किँदै गर्दा जहाजकाे दायाँ इन्जिनको इन्डिकेटरमा केही संकेत देखिएको थियो। माउन्टेन फ्लाइटको क्रममा नभएर हिमाल नदेखिएपछि काठमाडौँ फर्किने क्रममा जहाजको इन्जिनमा पनि समस्या रहेको देखिएको हो।’

कर्णले जहाजमा ३५ यात्रु सवार रहेको जानकारी दिए। ती यात्रुलाई अर्को दिन आजकै भाडामा पुनः माउन्टेन फ्लाइट गराइने उनले बताए। ‘अर्को माउन्टेन फ्लाइटमा जान नचाहने यात्रुको पैसा हामी फिर्ता गर्छौं,’ प्रवक्ता कर्णले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad