राष्ट्रिय सूचना आयोगले प्रमुख सूचना आयुक्त र २ जना सूचना आयुक्तका लागि दरखास्त आह्वान गरेको छ।
बुधबार आयोगको पदाधिकारी नियुक्ति सिफारिस सम्बन्धी सचिवालयले सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो।
सूचनामा दुवै पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तहको उपाधि हासिल गरेको, तथा आमसञ्चार, कानुन न्याय, सार्वजनिक प्रशासन, सूचना प्रविधि वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव हासिल गरेको, ६५ वर्ष उमेर ननाघेको र ऐनको दफा १३ बमोजिम अयोग्य नभएकोसहितका योग्यता तोकिएको छ।
आयोगमा एक प्रमुख सूचना आयुक्त र २ जना सूचना आयुक्त रहने कानुनी व्यवस्था छ। जसमा एकजना महिला अनिवार्य गरिएको छ।
वहालवाला पदाधिकारीको कार्यकाल सकिन लागेकाले सूचना आह्वान गरिएको हो। योग्यता पुगेका इच्छुकले यही कात्तिक १३ गतेसम्म आवदेन दिनसक्ने सूचनामा उल्लेख छ।
Shares

प्रतिक्रिया