काभ्रेको रोशीमा एक महिला मृत फेला परेकी छन्।
रोशी गाउँपालिका- ३ भञ्ज्याङ निवासी साइँलाकाजी तामाङकी पत्नी ६६ वर्षीया माइली लामा शुक्रबार साँझ आफ्नै घरको भान्सा कोठामा मृत फेला परेकी हुन्।
तामाङ मृत फेला परेको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी खहरेपाँगुबाट प्रहरी सहायक निरीक्षक निलकुमार स्याङतानको कमाण्डमा गएको प्रहरी टोलीले घटनाको अनुसन्धान अघि बढाइएको छ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरको कमाण्डमा गएको प्रहरी टोली पनि गएर अनुसन्धान गरिरहेको काभ्रेका डीएसपी मिनबहादुर घलेले जानकारी दिए।
201
Shares

प्रतिक्रिया