समाज


भारतीय दूतावास भन्छ : नयाँ नियमका कारण नेपालीहरुको भारत भ्रमण प्रभावित हुँदैन

भारतीय दूतावास भन्छ : नयाँ नियमका कारण नेपालीहरुको भारत भ्रमण प्रभावित हुँदैन

नेपालखबर
फागुन २९, २०७६ बिहिबार १४:०,

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न भारत प्रवेशमा लगाइएको कडाईका कारण नेपालीहरुको भारत आवतजावतमा कुनै समस्या नपर्ने भारतीय दूतावासले जनाएको छ।

‘अहिले लिइएका कदमहरु नितान्त सार्वजनिक स्वास्थ्य र सुरक्षा व्यवस्थाको उद्देश्यले गरिएको हो। यी कदमले नेपाली नागरिकहरुको हवाई तथा स्थल मार्गबाट गर्ने नियमित भारत भ्रमणमा कुनै प्रभाव पार्ने छैन,’ नेपालस्थित भारतीय दूतावासले बिहीबार जारी गरेको विज्ञप्तीमा भनेको छ, ‘अर्को शब्दमा भन्दा नेपाली नागरिकहरुका लागि विद्यमान भ्रमण व्यवस्थामा कुनै परिवर्तन हुनेछैन।’

तर, सबै प्रवेश बिन्दूहरुमा भारतीय, नेपाली वा तेस्रो मुुलुकबाट आउने यात्रुहरुको सघन स्वास्थ्य जाँच गरिनेछ र कोरोना फैलिएका देशबाट आएको वा हालै ती ठाउँको भ्रमण गरेको भए वा कुनै लक्षण देखिएमा आवश्यकताअनुसार क्वारेन्टाइनमा राख्न सकिनेछ।

परिवर्तित परिस्थितिका सन्दर्भमा भारतको स्वास्थ्य तथा पारिवारिक कल्याण मन्त्रालयले परिमार्जित ट्राभल एडभाइजरी र त्यहाँको अध्यागमन ब्युरोले कोविड–१९ सम्बन्धी राहदानी निषेधाज्ञा जारी गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad