समाज


अर्कैकाे नाममा ट्रायल दिने दुई जना पक्राउ

अर्कैकाे नाममा ट्रायल दिने दुई जना पक्राउ

नेपालखबर
फागुन २९, २०७६ बिहिबार १४:३६,

ट्राफिक प्रहरीले अर्कैको लाइसेन्स बनाउन ट्रायल दिने दुई जनालाई नियन्त्रणमा लिएको छ।

नेपाल ड्राईभिङ सेन्टर, गंगाहिटीमा सञ्चालन भएको मोटरसाइकलको प्रयोगात्मक परीक्षामा नक्कली प्रशिक्षार्थीले परीक्षा दिएको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको ट्राफिक प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका–१० घर भई धापासी बस्ने जनक न्यौपाने र दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ वस्ने बर्ष १९ को सुभाष सिंह धामी रहेका छन्।

न्यौपानेलाई शंका लागि परीक्षा दिनको लागी आवश्‍यक पर्ने कागजात चेकजाँच गर्दा निजले जिल्ला बाजुरा बडिमालिका नगरपालिका–१० बस्ने कुन्का थाप्के थापा ट्रायल दिन आएको जानकारी महानगरीय ट्राफिक प्रहरी महासाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए।

न्यौपानेले थापाको नाममा बाजुराबाट जारी भएको नागरिकतामा नेपाल सरकारको लोगो भएको कागजमा आफ्नो फोटो टाँसी परीक्षा दिन आएको खुल्न आएको ढकालले बताए।

प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा जनक न्यौपानेलाई सँगै डेरा गरी बस्ने सुभाष सिंह धामीले सम्पर्कमा ल्याएको परिक्षार्थी कुन्का थाप्के थापाको नाममा मेरो फोटो टाँस गरी ट्रायल दिन आएको हुँ भनी वयान दिएको छन्।

प्रकाउ परेका ती व्यक्तिहरूलाई मुलुकी अपराध सहिता ऐन २०७४ को लिखत सम्बन्धी कसुर अपराध गरेको हुनाले थप अनुसन्धान तथा आवश्‍यक कारवाहीको महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad