समाज


दाङबाट भ्रमण टोली लिएर आएको बस पोखरामा दुर्घटना

दाङबाट भ्रमण टोली लिएर आएको बस पोखरामा दुर्घटना

नेपालखबर
कात्तिक २२, २०८१ बिहिबार १४:८, काठमाडौँ

दाङबाट भ्रमण टोली लिएर आएको बस कास्कीको पोखरामा दुर्घटना परेको छ।

बिहीबार दिउँसो साढे १२ बजेतिर पोखरा महानगरपालिका २२ शान्तिस्तुपानजिकै बस दुर्घटना भएको कास्की प्रहरीले जानकारी दिएको छ। 

नवयुग डान्स क्लब दाङबाट भ्रमणका लागि आएको रा १ ख २१०६ नम्बरको मिनी बस पुम्दीकोटबाट छोरेपाटनतर्फ आउँदै गर्दा दुर्घटनामा परेको हो। 

दुर्घटनामा दुई जना घाइते भएका छन्। घाइते हुनेहरूमा दाङको तुलसीपुर उपमहानगरपालिका ४ की १७ वर्षकी सन्ध्या रसाइली र १९ वर्षकी मनीषा रसाइली छन्। 

उनीहरूलाई उपचारका लागि नमस्ते अस्पताल बिरौटा पठाइएको प्रहरीले जनाएको छ। चालकले नियन्त्रण गुमाउँदा सडकबाट खसेको बस तिदुको रुखमा अड्किएको छ। 

वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरीले घाइतेलाई उद्धार गरेको हो। बसमा २४ जना सवार थिए। उक्त बस क्रेनको सहायताले निकाल्ने पहल भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad