खेल


आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालको लगातार दोस्रो जित

कुवेत १३ ओभरमा २२ रनमा समेटियो, २४ गते युएई र २५ गते पुनः थाइल्यान्डसँग खेल्ने
आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालको लगातार दोस्रो जित

नेपालखबर
कात्तिक २२, २०८१ बिहिबार १४:१६, काठमाडौँ

यूएईमा भइरहेको आईसीसी  यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। 

बिहीबार भएको खेलमा नेपालले कुवेतमाथि १ सय ८ रनको फराकिलो जित दर्ता गरेको हो। 

नेपालले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा २२ रनमा समेटियो। 

कुवेतलाई सस्तैमा समेट्न नेपालका लागि रचना चौधरी र सीमा केसीले समान २ विकेट लिए।

पूजा महतो, कृष्मा गुरुङ र मनिषा उपाध्यायले समान १ विकेट आफ्नो नाममा गरे। 

त्यसअघि अजमानस्थित द सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १  सय ३० रनको योगफल तयार पारेको थियो। 

नेपालका लागि पूजा महतोले सर्वाधिक ३४ रनको योगदान दिइन्। सना प्रधानले २५ रन थपिन्। ज्योत्सिना मरासिनी २३ र अलिसा यादव १५ रनमा पेभेलियन फर्के।

नेपालले २४ गते युएई र २५ गते पुनः थाइल्यान्डसँग खेल्नेछ। 

चार टोली सहभागी छनोटमा हरेक टोलीले ६ खेल खेल्नेछन्। डबल लिग फम्र्याटमा हुने लिगपछि शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा हुने आईसीसी यू१९ विश्वकपमा स्थान बनाउनेछन्।

यू–१९ विश्वकप जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ। 

एसिया क्षेत्र छनोटको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड रहेको समूह डीमा स्थान बनाउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad