बागमती


चितवनमा एकसाथ तीनवटा सवारीसाधन ठोकिँदा १ जनाको मृत्यु, २ गम्भीर घाइते

चितवनमा एकसाथ तीनवटा सवारीसाधन ठोकिँदा १ जनाको मृत्यु, २ गम्भीर घाइते

प्रतीकात्मक तस्बिर


नेपालखबर
कात्तिक २२, २०८१ बिहिबार १४:२०, हेटौँडा

चितवनमा तीनवटा सवारीसाधन एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

बिहीबार (आज) ११:३० बजेतिर चितवनको भरतपुर महानगरपालिका-२४ लक्ष्मणचोकमा बोलेरो गाडी, मोटरसाइकल र स्कुटर एकआपसमा ठक्कर खाएको चितवन प्रहरीले जनाएको छ।

बागमती प्रदेश ०१–०२४ च ४९९३ नम्बरको बोलेरोले बागमती प्रदेश ०३–००१ प ३६५६ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०३–००१ प ८८८२ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो।

दुर्घटनामा परेर स्कुटरमा सवार चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित दाह्रेचोक निवासी ३७ वर्षीया रामकुमारी गुरुङको मृत्यु भएको चितवन प्रहरी प्रवक्ता, डीएसपी भेषराज रिजालले जानकारी दिए।

दुर्घटनामा घाइते उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता रिजालले बताए।

दुर्घटनामा स्कुटर चालक सोही स्थानका ३१ वर्षका सोजन शेरचन गम्भीर घाइते भएका छन् भने मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका-२४ का ३१ वर्षका हरिशरण थापामगरको अवस्था पनि गम्भीर रहेको प्रवक्ता रिजालले जानकारी दिए।

उनका अनुसार घाइते दुवैजनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad