समाज


हवाई भाडा बढेको विरोधमा सडकमा उत्रिए सत्तारुढ दलकै सांसद

हवाई भाडा बढेको विरोधमा सडकमा उत्रिए सत्तारुढ दलकै सांसद

नेपालखबर
कात्तिक २५, २०८१ आइतबार १६:५९, काठमाडौँ

अन्तर्राष्ट्रिय उडानमा हवाई भाडा महँगिएको विरोधमा नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंको अगुवाइमा प्रदर्शन भएको छ। 

काठमाडौँको माइतीघर मण्डलामा सांसद बजगाईंको अगुवाइमा आइतबार प्रदर्शन भएको हो।

अन्तर्राष्ट्रिय उडानमा हवाई भाडा अकासिएको र त्यसको प्रत्यक्ष मार बिदेसिने श्रमिकमा परेको भन्दै विरोध प्रदर्शन भएको हो।

बजगाईं गोरखा क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। 

सरकारले हवाई भाडा नियन्त्रण गर्न नसकेको र यसबाट प्रत्यक्ष रूपमा खाडी राष्ट्र जाने मजदुर समस्यामा परेकाले सांकेतिक विरोध प्रदर्शन गर्नुपरेको सांसद बजगाईंले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad